उज्यालो पोष्ट, बुटवल
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सैनामैना वडा नं. ७ ले आज वडा भेला सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको महिला संघले सोहि कार्यक्रमा विन्दु थारुको नेतृत्वमा ६५ सदस्य वडा कमिटी गठन गरेको छ ।
सैनामैना वाटरपार्क रिसोर्टमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रकाका जिल्ला सचिव निर्मल जि.सी.को प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश सदस्य तथा क्षेत्र नं. ५ का ईन्चाज सन्तोष रसाइलीको विशिष्ट आतिथ्यता, अतिथीहरु क्षेत्र नं. ५ का सचिव भोला वस्याल, नेकपा माओवादी केन्द्र सैनामैना नगर संयोजक नारायण महत, जिल्ला सदस्य राम बहादुर कुवर, दिपक भण्डारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुिम्बनी प्रदेश सदस्य दीपिका शर्मा, क्षेत्र नं. ५ क्षेत्रिय कमिटि सचिवालय सदस्य रोमनाथ न्यौपाने, अनेमा संघ सैनामैना नगर अध्यक्ष जानकी शर्मा, अनेमा संघ सैनामैना नगर सचिव सुमित्रा भट्टराई लगायतको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्मल जि.सि ले २१औं सताब्दीमा महिला मुक्तीका कुरा आज पनि गरिरहनुपर्ने बिटडम्बना भएको र परिवर्तनका एजेण्डा हाम्रो हो , महान जनयुद्धको आरम्भसँगै मानिसलाई पशु ठान्ने सामन्ती संस्कृति र मानिसलाई केवल एउटा माल ठान्ने र किनबेच गर्ने चरम उपभोक्तावादी साम्राज्यवादी संस्कृतिको विरुद्ध जेहाद छेड्दै देशमा नयाँ जनवादको निर्माण काम माओवादीले नै अगाडी बढायको बताउनुभयो । लाखौ हजारौ जनताको बलिदानबाट प्राप्त उपलब्धिहरु पनि वैज्ञानिक योजनासहितको संघर्षबिना स्वस्फुर्तरुपमा संरक्षीत हुन्छ भनेर छाडिदिने हो भने प्राप्त उपलब्धिहरु सबै गुम्दछन् । यो इतिहासको तीतो सत्य हो भन्दै सचेत हुन आग्रह गर्नुभयो ।
यस्तै विसिष्ट अतिथि सन्तोष रसाईलिले वास्तबमा अभावमा आदर्श बाँच्नु जति सजिलो हुन्छ, अवसरमा आदर्श बाँच्नु त्यत्तिकै कठिन हुन्छ । युद्धमा नडगमगायको यौटा योद्धा ओलिको ललिपपमा लतारियको बताउनुभयो ।
करिव ५०० महिलाहरुको उपस्थिती रहेको कार्यक्रम शान्ता थापाको अध्यक्षता, सुमित्रा भट्टराईको स्वागत मन्तव्य , शारदा न्यौपाने को संचालनमा लोक तथा दोहरी गायिका विष्णु श्रीपाली र कुसुम सुनारले महिलाहरुलाई तिजका भाकामा छमछमि नचाएर मनोरन्जन प्रदान गरेका थिए ।