बुटवल भदौ १३/लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुराएको छ।
आईतबार बसेको मन्त्रिपरिषदको बैठकले १० बाट बढाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय संग १३ मन्त्रालय गराउने निर्णय गरेकाे हो।
आर्थिक मामिला तथा याेजना मन्त्रालयमा कृषि संग रहेकाे सहकारी मन्त्रालयलाई टुक्राएर आर्थिक मामिला तथा सहकारी मन्त्रालय बनाईएकाे छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय लाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाईएकाे छ भने अान्तरिक मामिला मन्त्रालय संग रहेकाे कानुन मन्त्रालय अलग्गै बनाईएकाे छ।
उद्योग मन्त्रालय अब देखि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, हुनेछ। भाैतिक पुर्वाधार बिकास मन्त्रालय हुदै ग्रामीण तथा सहरीबिकास मन्त्रालय मातहतमा रहेकाे उर्जा, जलश्रोत तथा सिचाइलाई अलग मन्त्रालय बनाईएकाे छ।
गठबन्धन दलका प्रदेश सभा सदस्यहरु मन्त्री बन्ने लालसा बढेपछि मन्त्रालयकाे संख्या बढाउनु परेकाे हाे।
बैठकले कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय बनाउने निर्णय गरेकाे छ।
यस अघि अस्थित्वमा नदेदिएका भूसंरक्षण, श्रम रोजगार तथा यातायात व्यवस्था,परिवार कल्याण,महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय नयाँ मन्त्रालयकाे रुपमा रहनेछन्।
सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रालय विभाजनलगत्तै यही हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए।