कन्चन गाउँपालिकामा माटोको अवैध तस्करी

रुपन्देहीको कंञ्चन गाउँपालिकामा अवैध रुपमा माटो उत्खनन् र विक्रि वितरण कार्य तिव्र रुपमा अघि बढेको छ । घरायसी प्रयोजनको बहाना बनाउँदै कंञ्चन १को एक सुकुम्बासी बस्तीबाट अवैध रुपमा माटो उत्खनन् गरि धमाधाम पलटिङ गरेको पाइएको हो ।

आज कंञ्चन १,रामडाडामा लु१क ४२८१ नम्बरकोे जेसिभि,ना ५ त ५१४७,लु ४ त १४७४,लु २ त ४३५४,लु३त ९२६८ नम्बर ट्याक्टरको प्रयोग गरि धमाधाम माटो उत्खनन् हुँदा समेत सम्बन्धित निकायले चासो र अनुगमन नगरेको स्थानीयले आरोप लगाएका छन् । कञ्चन १बाट माटो उत्खनन् गरि वडा न.२ मसिनामा जग्गा सम्माउन लगीएको छ ।

प्रहरीलाई खवर गर्दा समेत चासो नदिएको पाइएको हो ।यसो गर्दा कतै प्रहरीको मिलोमतोमा अवैध माटो उत्खनन् त भएको छैन भन्ने आंशका गर्न सकिन्छ ।

मापदण्ड पुरा गरि सार्वजनिक प्रयोजन बाहेक अन्यका लागी एैलानी जग्गाबाट माटो उत्खनन् गर्न नपाइने कानुनी प्रावधान छ । जिल्ला समन्वय समितिको रोहवर विना गाउँपालिका वा नगरपालिकाले सुकुम्बासी बस्तीबाट माटो उत्खनन् र विक्रि वितरण गर्न अनुमति आदेश दिन नमिल्ने कानुनी ब्यवस्था छ ।

ब्यवहारीकता हेरि घरायसी प्रयोजनका लागी सुकुम्बासी बस्तीबाट माटो उत्खनन गर्न अनुमति दिएकोे कंञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले बताएका छन् । कानुन अनुसार सुकुम्बासी बस्तीबाट माटो उत्खनन् गर्न नपाईने कुरालाई स्विकार्दै यसो भए तुरुन्त रोक्न आदेश दिने बस्नेतले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation