वाईसिएल सैनामैनाको भेला,सम्मेलनका लागी आयोजक कमिटि गठन

नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल सैनामैना नगर समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।आज पार्टि तथा सहायक संगठनको राजनैतिक तथा बैचारिक सम्बन्धी विषयमा प्रशिक्षण गराईएको वाईसिएल सैनामैना नगर समितिका अध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।

अगुवा कार्यकर्ता भेलाले आसन्न वाईसिएल नगर समितिको सम्मेलनका लागी आयोजक कमिटि गठन गरेको छ । गोविन्द खरेललको संयोजकत्वमा ५५ सदस्यीय आयोजक कमिटि गठन गरिएको हो ।

सैनामैना ८,रामापुर स्थित वाईटहाउस पार्टि प्यालेसमा भएको कार्यक्रम वाईसिएल सैनामैना नगर समितिका अध्यक्ष गोविन्द खरेलको अध्यक्षता,नेकपा माओवादी केन्द्र क्षेत्रिय सचिब भोला बस्यालको प्रमुख आतिथ्यता,नेकपा माओवादी केन्द्र सैनामैना नगरका अध्यक्ष मान बहादुर महतको विशिष्ट आतिथ्यता,नेताहरु तिलक नेपाली,दिपक भण्डारी,राम बहादुर कुंवर,मंगल बहादुर रावत,दिपक अधिकारी,राजेन्द्र घिमिरे,सुरज भट्टराई,दिपक सुनार,नारायण पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा बोल्दै नेकपा माओवादी केन्द्र क्षेत्रिय सचिब भोला बस्यालले माओवादी शक्तिहरु अब एकढिक्का भएको बताएका छन् ।
पार्टि र निकट संगठनहरुको बलियो हुदै जानुले ओली प्रतिगामी दलालहरु उदाङ्गिएको आरोप लगाए । बस्यालले जनताको समस्या समाधान गर्दै आर्थिक क्रान्ति ल्याउँन निर्णायक भुमिका पार्टिले खेल्ने जिकिर समेत गरे ।

यसैगरि,नेकपा माओवादी केन्द्र सैनामैना अध्यक्ष मान बहादुर महत(नारायण)ले देश नै माओवादीमय बन्दै गएको दावि गरेका छन् ।संगठनको विकास र विस्तारमा लागी रहेको भन्दै कुनै पनि शक्तिले अव माओवादी पार्टिलाई विचलित गर्न नसक्ने ठोकुवा गरे ।

महतलेदलित,आदिवासी जनजाती,सिमान्तकृत समुदायको अधिकारका लागी सधै लड्ने माओवादी केन्द्र पार्टि रहेको बताए ।उनले देश र जनताकाको हित विपरित काम गर्नेलाई वाईसिएलले कडा प्रतिवाद गर्ने बताए ।

वाईसिएल सैनामैना नगर समितिका अध्यक्ष गोविन्द खरेलले संगठनलाई मजबुत बनाउदै विकृति विसंगतिको प्रतिवाद गर्ने बताएका छन् ।
जनता र देशका लागी काम गर्ने पार्टि नै नेकपा माओवादी केन्द्र भएका दावि गर्दै युवाहरुलाई संगठित गरि भ्रष्टाचार नियन्त्रण गर्न पैरबी गर्ने समेत बताए ।खरेलले पार्टिलाई चलायमान गर्न युवा पुस्ता एक हुनुपर्नेमा जोड दिएका छन् ।साथै केही दिनमा नगर सम्मेलन गर्न गईरहेको बताए ।

कार्यक्रममा वाईसिएलल सैनामैना नगर ईन्चार्ज मंगल बहादुर राउत को स्वागत मन्तब्य तथा वाईसिएल नगर समितिका सचिब केशव विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation