साम्रराज्यबाद बिस्तारवाद देशघाति र जनघाति बिरुद्ध बिरुद्ध हाम्रो आन्दोलन शिक्षामा निरन्तर परिवर्तन र कानुनी राज्यको पक्षमा ु भन्ने मुल नारासहित माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी० रुपन्देहीले २२ औं जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।
सोमबार नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला पार्टीको सहकार्यमा सम्मेलनबाट अखिल ९क्रान्तिकारी० रुपन्देहीका अध्यक्षमा कपिल चपागाई चयन भएका छन । सम्मेलनबाट उपाध्यक्षमा टिकाराम आचार्य , सपन पौडेल , प्रशान्त बञ्जाडे , काशिराम आचार्य र सचिवमा सागर न्यौपाने , सहसचिवमा प्रचण्ड न्यौपाने , सृजना पौडेल , कोषाध्यक्षमा बिष्णु प्रसाद ज्ञवाली र मधेसी प्रतिनिधिको लागि मोति यादव लगायत ७१ सदस्यीय जिल्ला समिति चयन गरेको छ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियु ९क्रान्तिकारी०का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नका लागि अखिल क्रान्तिकारी ले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।अहिलेको अवस्थामा सरकारी स्वामित्वमा रहेका स्कूल,कलेज, विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुमा पनि सर्वसाधारण जनताको पहुँच पुगाउन नसकेको बताउँदै द्वैध शिक्षा प्रणाली खारेज गरी आम नागरिकहरुको पहुँचमा हुने खालको वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न अनिवार्य र अपरिहार्य रहेको उनले बताए ।शैक्षिक क्षेत्रको निजिकरण र व्यापारिकरण अन्त्य गरिनुपर्ने भन्दै त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्नुपर्ने बताए।
आउँदो असोज ८,९ र १० गते २२ औँ राष्ट्रिय सम्मेलनको तयारिमा जुटिरहेका छन बिध्यार्थीहरु राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय समितिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । अखिल क्रान्तिकारीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औँ राष्ट्रिय सम्मेलन भन्ने नारालाई प्रमुख एजेण्डा बनाएर अघि बढ्ने बताएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बाम देव क्षेत्री विशेष अतिथिको रुपमा माओवाद केन्द्र रुपन्देहीका ईन्चार्ज टंकमणि शर्मा , जिल्ला पाटि संयोजक निर्मल जिसि लगायत अखिल क्रन्तिकारी केन्द्रीय सचिव नरेश रेग्मी लगायत रुपन्देही जिल्ला भित्र रहेका बिभिन्न क्याम्पसहरुबाट प्रतिनिधित्व गरि आएका बिध्यार्थीहरुको उपस्थित रहेको थियो ।
सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरु गरिएको सम्मेलनमा रुपन्देही जिल्ला भित्र रहेका क्याम्पसहरुको रिपोर्टिङ र संगठनका नीति तथा कार्यक्रम सहितको प्रतिवेदन पास गरिएको थियो । सम्मेलन बिष्णु खत्रीको अध्यक्षतामा संचालन गरिएको थियो भने कार्यक्रमको स्वागत मनतव्य कपिल चापागाईंले राखेका थिए भने कार्यक्रम संचालन सपन पौडेलले गरेका थिए ।