लकडाउनमा महिला असुरक्षित

बसन्त बन्जाडे, १९ बैषाख, कपिलवस्तु

कोभिड–१९ को जोखिम कम गर्न मुलुकभर ‘लकडाउन’ घोषणा गरिएका बेला महिलाहरू भने असुरक्षित भएकाे पाइएको छ । प्रदेश ५ का आठ जिल्लामा लकडाउनको ३७ दिन सम्ममा ३८ वटा याैन जन्य हिंसाका घटना भएका छन् । प्रदेश नं. ५ का ८ वटा जिल्लामा ३६ वटा बलात्कार २ बलात्कारकाे प्रयास गरि ३८ वटा हिंसाका घटना भएकाे प्रदेश प्रहरी कार्यालयकाे तथ्याकंले देखाएको छ ।

‘प्रदेशमा सबैभन्दा बढी रुपन्देही र कपिलवस्तुमा ११/११ वटा बलात्कारका घटना भएका छन,’ भने, बाँकेमा ४, रोल्पा २, प्यूठानमा २, नवलपरासी २, बर्दिया, र गुल्मीमा २/२ गरी ३६ वटा बलात्कार घटना भएका हुन् ।’ भने कपिलवस्तु र बदियामा १/१ बलात्कार प्रयासका घटना भएकाे प्रदेश प्रहरी कार्यालयकाे तथ्याकंले देखाउछ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) नवराज पाेख्रेलका पोखरेलका अनुसार लकडाउन अवधिमा भएका घटनामा आफन्त र छिमेकी संलग्न रहेको पाइएको छ । कोरोना भाइरसका कारण अहिले मानिसका गतिविधि ठप्प छन् ।

यही अवधिमा प्रदेशभरि १७ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका छन् जस्मा सबैभन्दा धेरै बाँकेमा ८ दाङ्गमा ५, रोल्पामा २ वटा र पाल्पा , बर्दियामा १/१ वटा गरि १७ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation