रुपन्देहीमा जंगली च्याउ खाएर ७ जना बिरामी

रुपन्देही २० बैशाख । रुपन्देहीमा बिषालु च्याउ खाएका एकै परिवारका ७ जना बिरामी परेका छन । उनीहरुको भैरहवामा रहेको भिम अस्पतालमा उपचार भइरहेको छ । 

गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षिय अनिशा हरिजन, १४ वर्षिय मनिषा हरिजन, १६ वर्षिय रामानन्द हरिजन, १८ वर्षिय लक्ष्मी हरिजन, ३५ वर्षिय सरस्वती हरिजन, ४५ वर्षिय बद्री हरिजन र ७० वर्षिय कैलाशी हरिजन जंगली च्याउ खाएर बिरामी परेका हुन । 

भैसी चराउन जंगल गएका बेला सनिबार च्याउ लिएर आएको उनीहरुले बेलुका पकाएर खाएपछि बिरामी परेका हुन । पेट दुख्ने र बान्ता हुने समस्या भएपछि उनीहरुलाई राती नै ल्याएर भिम अस्पतालमा भर्ना गरिएको अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताउनु भयो । 

पाटीपाैवाबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation