सिमाक्षेत्र सिल हुदा पनी भारतिय औषधीको तस्करी ।

कपिलवस्तु
कपिलवस्तुको सिमा क्षेत्र सिल हुदा भारतवाट औषधी तस्करी भएको छ । जिल्लाको कृष्णनगर, महाराजगंज नगरपालिकाका सिमा क्षेत्रवाट भारतिय औषधी तस्करी भएको पाईएको छ । सिमा क्षेत्र सिल हुदा महाराजगंज नगरपालिकामा भने स्थानियले औषधी समातेर वुझाएका छन ।
शनिवार महाराजगंज नगरपालिका ७ सतभराका स्थानियले एक लाख वढी मुल्य पर्ने औषधी वरामद गरेका थिए । सतभरा सिमाक्षेत्र नजिकै रहेको छ । उक्त क्षेत्रवाट कृष्णनगर २ किमी टाढा रहेको छ । कोटिया र वढनीको सिमा हुदै तस्करी हुदै भित्रीएको औषधी रातको समयमा स्थानियले पक्राउ गरेका थिए । उक्त औषधी स्थानियले ईलाका प्रहरी कार्यालय कृष्णनगरलाई वुझाएका थिए । सिमाना लक हुदा तस्कर सकृय भएको घटनाले सुरक्षा घेरा फितलो भएको हुन सक्ने स्थानियहरु वताउछन ।
खुला सिमा भएको कारणले गर्दा र रातको समयमा खोलाको भित्रीबाटो प्रयोग गर्न सक्ने हुदा केही मात्रामा चोरी निकासी भएको हुन सक्ने शसस्त्र प्रहरी नायव उपरिक्षक शुशिल शाहीले वताउनु भयो । शसस्त्र प्रहरीले सिमा क्षेत्रमा कडा सुरक्षा दिए पनी छिटपुट मात्रामा लुकेर नेपाल भित्रीन सक्ने हुदा त्यस वारे सचेत भई काम गरेको शाहीको भनाई थियो । सिमा नाकावाट अवैध रुपले भित्रीएका औषधी स्थानिय वजारमा विक्री गर्ने गरेको पाईएको छ । नेपालमा नपाईने खालका औषधी भारतवाट तस्करी भएर आउने गरेको महाराजगंजका एक औषधी व्यवसायीले वताए ।

प्रेस पाटीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation