नेपालगन्जमा कर्फ्यु

काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय प्रशासनले अाज मंगलबारदेखि पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको छ ।

एकै दिन १५ जना कोरोना भाइरस संक्रमित भेटिएपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो । सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अाज मंगलबार विहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गरेको हो ।

२५ गते मध्यरातसम्म यो निर्णय लागू हुने स्थानीय प्रशासनले जनाएको छ । त्यसपछि नेपाल सरकारको लकडाउन भने नियमित रहने उनले बताए ।

बाँकेमा अहिलेसम्म १६ जना संक्रमित देखिएका छन् । मंगलबारदेखि पसल, व्यवसाय सबै ठप्प रहने छन् भने औषधी पसल मात्र सञ्चालनमा रहने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation