ईन्जिनियरहरुको अगुवाईमा प्रदेश ५ मा रक्तदान

तौलिहवा, २३ बैशाख
बिकास कार्यमा व्यस्त रहने ईन्जिनियरहरुको अगुवाईमा प्रदेश ५ का बिभिन्न स्थानमा रक्तदान गरिएको छ । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) प्रदेश ५ को आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रममा कपिलवस्तुको तौलिहवामा ८ प्रिन्ट रगत संकलन भएको छ ।

सिडेन प्रदेश ५ का कोषाध्यक्ष ईन्जिनियर प्रविन सापकोटा सहितका इन्जिनियरको अगुवाईमा नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको सिडेनमा आबद्ध ईन्जिनियर नितेश शर्माले जानकारी दिए । कोरोना माहामारीका बेला बढदो रगतको अभावका बेला आफुहरुले रक्तदानको महत्व बुझाउन रक्तदान गरेको सिडेन प्रदेश ५ का कोषाध्यक्ष ईन्जिनियर प्रविन सापकोटाले बताए । सिडेनको अगुवाईमा भैरहवामा युनिर्भसल मेडिकल कलेज र दाङ्ग, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बुटवलमा रेडक्रसको कार्यालयमा रक्तदान गरिएको थियो । प्रदेश ५ को बिभिन्न जिल्लामा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय ८ प्रिन्ट रगत संकलन भएको सिडेन प्रदेश ५ का अध्यक्ष ईन्जिनियर कुशुमराज ज्ञवालीले जानकारी दिए । “बाँके जिल्लामा कोरोनाको संक्रमण दु्रत गतिमा बढेका कारण बाँके र बर्दिया जिल्लामा रक्तदानको आयोजना हुन सकेन ।” उनले भने । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation