अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष चन्द रिहा

नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष बन्धु कुमारी शाह (चन्द) कपिलवस्तुबाट रिहा भएकी छन ।

केन्द्रिय अध्यक्ष चन्द गिरफ्तारीमा परेको १४ महिना पछि सर्वोच्च अदालतको बन्दी प्रत्यक्षिकरणको रिट निवेदनका आधारमा गैर कानुनी थुनाबाट मुक्त गर्न दिएको आदेश अनुसार थुना मुक्त भएकी हुन । सर्वोच्च अदालतले रिट उपर सुनुवाई गर्दै बैशाख २३ गते नै कपिलवस्तु जिल्ला अदालतका श्रेस्तेदारको रोहवरमा चन्दलाई थुना मुक्त गर्न आदेश दिएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउनु पुर्व २०७५ फागुन ११ गते उनी अछामबाट गिरफ्तार भएकी थिईन । सुरुमा अछाममा गिरफ्तार भएकी उनलाई बाँके, बर्दिया, कैलाली तथा पुनः बर्दिया र पुनः बाँके हुदै दाङमा पुर्याई हिरासतमा राखिएको थियो । पटक पटक गिरफ्तार गरि हिरासत राख्दा राख्ने र जिल्ला प्रशासन कार्यालयहरुले छोड्ने आदेश दिए लगत्तै माथिको आदेश भन्दै प्रहरीले चन्दलाई नियन्त्रणमा लिदै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation