काेराेनाकाे इपिसेन्टर बन्दा पनि सरकार संवेदनशील नभएकाे भन्दै बाँकेका नागरिक अगुवाहरुद्वारा नागरिक अपिल जारी

जेठ ६ बाँके, जिल्लाका नागरिक अगुवाहरुले संघिय तथा प्रदेश प्रदेश सरकारलाई बाँके जिल्ला काेराेनाकाे इपिसेन्टर बन्दा पनि संवेदनशील नभएकाे प्रति नागरिक अपिल जारी दवाव दिएका छन् । नरैनापुरका संक्रमितहरूलाइ १८ घण्टासम्म पनि आइसोलेसनमा राख्न नसकेको अवस्था प्रति संवेदनशील नभएको भन्दै एक अपिल जारी गरेका हुन । अगुवाहरुले कोभिड १९ का बिरामीहरूको उपचारमा कुनै पनि प्रकारका ढिलाइ क्षम्य हुन नसक्ने भन्दै जिल्लाको नरैनापुरका संक्रमितहरुलाई १८ घन्टा सम्म आईसोलेसनमा राख्न नसकेको प्रति आफुहरुको ध्यानकषर्ण भएको भन्दै तदारूकताका साथ योजना निर्माण र कार्यान्वयनका लागि संघिय तथा प्रदेश नं ५ को सरकार समक्ष अपिल जारी गरेका छन् ।

करिव ३ दर्जन बिभिन्न नागरिक संस्थाका अगुवाहरुद्वरा हस्ताक्षरित अपिलमा मार्फत नरैनापुरमा बनाइएको आइसोलेसन केन्द्रलाइ सुविधासम्पन्न स्थानमा स्थानान्तरण गर्न पहल लिन प्रदेश सरकारलाइ आग्रह गरिएको छ । देशकै कोरोना हट स्पट बनेको प्रदेश नं. ५ अन्तरगत बाँके जिल्लाको नरैनापुर गाउँपालिका अहिले कोरोनाको इपिसेन्टर बनेको छ । नागरिक अगुवाहरुले अपिल मार्फत भनेको छन् नरैनापुर लगायत सम्पूर्ण बाँकेबासीलाइ सतर्कताका साथमा सुरक्षित रहन आग्रह गर्दछौं ।

सामाजिक दुरी कायम गर्दै लक्डडाउनको पुर्ण पालनाका लागि निवेदन गर्दछौं । साथै आफुहरुमा कठिन परिस्थितीमा नरैनापुर लगायत बाँकेका प्रभावित जनताको साथमा रहको बताएका छन् । राज्य जुनसुकै परिस्थितीमा नागरिकहरूको स्वास्थ्य समस्याप्रति संवेदनशिल रहनुपर्ने भन्दै नरैनापुर, डुडुवा लगायत बाँकेमा रहेका सबै क्वारेन्टाइनहरूमा गर्मी तथा लु लाग्ने मैसमलाइ ख्याल गर्दै स्वस्थ खानपान सहित उचित व्यवस्थापनका लागि तिनै तहका सरकारहरू समक्ष नागरिक अगुवाहरुले अपिल गरेका छन् ।

अपिलमा कोरोना महामारी बिरूद्वको लडाइ केवल सरकारी संयन्त्र, प्राविधिकहरू मात्रको उत्तरदायित्व नभई नागरिकहरूको मानविय सेवामा समर्पित हुन सम्पुर्ण समूदाय, नागरिक समाज र राजनैतिक दलको संयुक्त अभियान तत्काल सुरू गर्न जिल्ला समन्वय समिती बाँकेलाइ नेतृत्वदायी भूमिका निर्वाहका लागि समेत अनुरोध गरिएको छ ।

नागरिक अपिल जस्ताकाे त्यस्तै

कोरोना भाइरसबाट संक्रमित भएकाहरूको संख्या बाँकेमा निरन्तर बढोत्तरी भइरहेको छ । अहिलेसम्म एक जनाको मृत्यु भइसकेको छ । अहिले बाँकेमा  संक्रमितहरू रहेका छन् । 

विपत्तीको यो घडिमा कोरोना इपिसेन्टर नरैनापुर लगायत सम्पूर्ण बाँकेबासीलाइ सतर्कताका साथमा सुरक्षित रहन आग्रह गर्दछौं । सामाजिक दुरी कायम गर्दै लक्डडाउनको पुर्ण पालनाका लागि निवेदन गर्दछौं । हामी विश्वास दिलाउन चाहन्छौं यो अप्ठेरो बेलामा हामी नरैनापुर लगायत बाँकेका प्रभावित जनताको साथमा छौं ।

नरैनापुरमा बनाइएको आइसोलेसन केन्द्रलाइ सुविधासम्पन्न स्थानमा स्थानान्तरण गर्न पहल लिन प्रदेश सरकारलाइ आग्रह गर्दछौं ।

नरैनापुरका संक्रमितहरूलाइ १८ घण्टासम्म पनि आइसोलेसनमा राख्न्न नसकेको अवस्थाप्रति संवेदनशील रहदै  कोभिड १९ का बिरामीहरूको उपचारमा कुनै पनि प्रकारका ढिलाइ क्षम्य हुन सक्दैन । यसका लागि तदारूकताका साथ योजना निर्माण र कार्यान्वयनका लागि संघिय तथा प्रदेश नं ५ को सरकारलाइ अपिल गर्दछौं ।

एक हप्ता बितिसक्दा समेत डुडुवा गाउँपालिकाको  क्वारेन्टाइनमा रहेकाहरूको स्वाब संकलन र परिक्षण नभएको घटनाप्रति ध्यानाकषर रहदै हामी तत्काल स्वाब संकलन र परिक्षणका लागि सम्बन्धित सरोकारवालाहरूलाइ जिम्मेवार हुन आग्रह गर्दछौं ।

जुनसुकै परिस्थितीमा नागरिकहरूको स्वास्थ्य समस्याप्रति सरकार संवेदनशिल रहनुपर्ने मान्यतामा अडिग रहदैं नरैनापुर, डुडुवा लगायत बाँकेमा रहेका सबै क्वारेन्टाइनहरूमा गर्मी तथा लु लाग्ने मैसमलाइ ख्याल गर्दै स्वस्थ खानपान सहित उचित व्यवस्थापनका लागि तिनै तहका सरकारहरूलाइ आग्रह गर्दछौं ।

कोरोना महामारी बिरूद्वको लडाइ केवल सरकारी संयन्त्र, प्राविधिकहरूको मात्र उत्तरदायित्व हैन भन्ने मान्यतामा विश्वास गर्दै प्रभावित नागरिकहरूको मानविय सेवामा समर्पित हुन समूदायका सबैलाइ परिचालन गर्ने अभियान संचालन गर्न ढिलो गर्न हुदैन ।

यसका लागि बाँके जिल्लामा समन्वय र नागरिक परिचालनका लागि सबै राजनीतिक दल, नागरिक समाजको प्रतिनिधित्व सहितको संयुक्त अभियान अविलम्व शुरू गर्न जिल्ला समन्वय समिती बाँकेलाइ नेतृत्वदायी भूमिका निर्वाहका लागि हार्दिक अनुरोध गर्दछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation