प्रदेश ५ मा कोभिड १९ व्यवस्थापनको छुट्टै निर्देशिका

सामाजिक विकास मन्त्री सुदर्शन वरालले कोरोना भाइरस कोभिड –१९ नियन्त्रण तथा रोकथामको लागि प्रदेश सरकारले छुट्टै प्रोटोकल र निर्देशिका तयार गर्न लागेको बताएका छन ।
विश्व स्वास्थ्य संगठको मापदण्ड, अन्य मुलुकहरुको अभ्यास र नेपालको सन्दर्भलाई हेरेर निर्देशिका जारी गर्ने उनले जानकारी दिए । मंगलवार प्रदेश नं ५ अन्तर्गतका जिल्ला स्थित स्वास्थ्य कार्यालयका प्रमुखहरुसंगको भर्जुअल बैठकमा मन्त्री बरालले संघीय सरकारको स्वास्थ्य मन्त्रीसंगपनि यस विषयमा छलफल भएको जानकारी दिएका हुन् ।

मन्त्री वरालले अहिलेको प्रोटोकल र गाईडलाइन्सले व्यवस्थापनमा चुनौती थपिन सक्ने बताउदै गाईडलाईन परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले स्वास्थ्य कार्यालयहरुका प्रमुखहरुलाई सोही अनुसारको मानसिकता बनाई राख्न समेत निर्देशन भने– छुटेटै निर्देशिका तयार हुन्छ सोही अनुसार प्रदेशको केश व्यवस्थापन हुन्छ ।’ उनले टेलिफोन र निर्देशनको भरमा मन्त्रालय संचालन नभएको आफै स्वयम फिल्डमा खटेर केश व्यवस्थापन गरेको बताउदै समस्या समाधानको लागि पोसिली तहमै टुङगो लगाउन आवश्यक रहेको बताए ।

जिल्लामा क्वारेन्टाईनको व्यवस्थापन, आईसोलेशन तथा संक्रमितहरुको व्यवस्थापन, परिक्षण किट लगायतको विषयमा कार्यालय प्रमुखहरुले मन्त्रीलाई रिपोटिङ गरेका थिए । त्यसैगरी सहयात्री संघ संस्थाहरुले गर्नुपर्ने सहकार्यको विषयमा पनि प्रष्टाउदै वाकेको नरैनापुर क्षेत्रमा संघ संस्थाहरुको सहकार्यतालाइ प्रभावकारी वनाउन उनले सुभाव दिए ।

बुटवल टुडे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation