प्रदेश ५ का सामाजिक विकास मन्त्रीद्धारा कपिलवस्तु कपिलवस्तुका आईसुलेसनमा रहेकाहरुसंग भेटघाट एवं केन्द्रहरुको अनुगमन

तौलिहवा १५ जेठ
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल र विश्व स्वास्थ्य संगठनका चिकित्सकहरु सहितको टोलिले कपिलवस्तु जिल्लाका बिभिन्न स्थानका रहेका आईसुलेसन केन्द्रहरुको अनुगमनका साथै आईसुलेसनमा रहेका मानिसहरु संग भेटघाट गरेको छ ।
पछिल्लो समयमा कोरोना कपिलवस्तु जिल्लामा संक्रमितहरुको संख्या ह्वात्तै बढ्दै गए पछि जिल्ला कोरोनाको उच्च जोखिममा छ । जिल्लामा संचालित आईसुलेसन केन्द्रहरुको अवस्था अुनगमन, आईसुलेसनमा रहेका मानिसहरुसंग भेटघाट र आगामी योजना निमार्णको लागि मन्त्री र विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालय सहितको टोलीले जिल्लाका आईसुलेसन केन्द्रहरुको अवलोकन र अनुगमन गरेको हो ।
अनुगमनमा मन्त्री बरालका साथै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगत, कोरोना सम्पर्क व्याक्ति डा. कुमार थापाका साथै विश्व स्वास्थ्य संगठनको टोली समेत रहेको थियो ।
टोलीले मायादेवी गाउँपालिकामा तैवा अस्पतालमा संचालनमा रहेको आईसुलेसन केन्द्रमा रहेको आईसुलेसन केन्द्र, महाराजगंजमा जनता उच्च मावि, बिजयनगरको गणेशपुर आर्युवेद औषधालय, शिवराजको सुपा देउराली आईसुलेसन केन्द्रको अवलोकन गर्नुका साथै व्याक्तिहरुसंग पनि भेटघाट गरेको कोरोना सम्पर्क व्याक्ति कुमार थापाले जानकारी दिनु भयो । टोलीले मधेश मानव अधिकार गृहमा आईसुलेड रहेका संचारकर्मीहरुसंग भेटघाट गरेर स्वास्थ्य अवस्था बुझ्नुुका साथै सामान्य बस्तुस्थिती बारे छलफल समेत गरेको थियो ।
यस्तै गरि मन्त्री बराल सहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पौडेल लगायतका अधिकारीहरुसंग समेत छलफल गरि जिल्लाको वस्तुस्थिती बुझ्ने कार्य गरेको सम्पर्क व्याक्ती थापाले जानकारी दिनु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation