बिरामीलाई कोरोना देखिएपछि कोहलपुर अस्पताल बन्द

नेपालगञ्ज, जेठ २७ : दुई जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल बन्द गरिएको छ।अस्पतालका अनुसार, शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका दुई बिरामीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो। उपचार गरिरहेका बिरामीमा कोरोना देखिएपछि आजदे िअस्पताल पूर्ण रुपमा बन्द गरिएको छ।अछामको बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामीलाई रिफर गरेको थियो। उनीहरु उपचारका लागि कोहलपुर अस्पताल पुगेका थिए।कोहलपुरमा उनीहरुको जाँच गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले बताए। दुबै बिरामीको शल्यक्रिया गर्ने तयारी गरिएको थियो।कोरोना संक्रमण देखिएपछि शल्यक्रिया रोकिएको उपनिर्देशक श्रेष्ठले बताए। उनका अनुसार, संक्रमण फैलिन नदिन तत्कालका लागि शिक्षण अस्पताल पूर्ण रुपमा बन्द गरिएको छ।उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य बिरामीको कोरोना परीक्षण गरिने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation