उपचारपछि घर फर्किंदै गर्दा बाटोमै मृत्यु

अर्घाखाँची- उपचारपछि घर फर्किने क्रममा अर्घाखाँचीको मालारानीका एक व्यक्तिको मृत्यु भएको छ।मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बस्दा बिरामी भएपछि ५७ वर्षीय यमप्रसाद खनाललाई उपचारको लागि बुटवल लगिएको थियो।जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले गोरुसिङ्गे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा खनालको मृत्यु भएको जानकारी दिए ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको शल्यक्रियासमेत गरिएको थियो। कोरोना परीक्षणको लागि खनालको स्वाब पठाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation