नबिन के.सी अर्घाखाँची- अषाढ मसान्त बर्षातको समयमा अर्घाखाँची जिल्लाबाट दुईवटा गाडि परिर्बतन गरेर राज्यलाई कर तिर्न कृष्णनगर जानुपर्ने समस्या अर्घाखाँची बासीलाई यस आर्थिक बर्ष देखी समाधान भएको छ ।
जिल्लामा करदाता सेबा कार्यालयले सेबा सुभारम्भ गरेपछि सहज भएको होटल व्यबसायी तारा पाण्डेले बताए । ‘ गत बर्ष कर तिर्न कृष्ण नगर जानु परेको थियो । अहिले त सजिलै सन्धिखर्कमानै कर बुझाउन पाईयो खुसी लागेको छ । गत बर्ष कर कार्यालय बाहिर डे वान फार्म भर्न पाँच सय रुपैया तिर्नु परेको थियो । यसपालि बैकंमा गएर आफै भर्न पाईयो यस समय र रकम समेत बचत भयो । ’ पाण्डे जस्तै अर्घाखाँची जिल्लाका अन्य व्यबसायीहरुलाई समेत सहज भएको छ । अब कृष्ण नगरबाट हुने सबै सेबा करदता सेबा कार्यालयबाट प्रधान गरिने कार्यालय प्रमुख महिन्द्रा किसानले बताउनु भयाे । ‘नेपाल सरकारको मन्त्री परिषदको निर्णय र अर्घाखाँचीका जिल्ला व्यबासयीहरुको माग अनुसार हामिले अर्घाखाँची जिल्लामा सेबा बिस्तार गरेका छाै । कृष्णनगरबाट पाईने सबै सेबाहरु यस कार्यालयबाट प्रदान गरिने छ । पान नम्बर बितरण, बार्षीक आय बिवरण , मूल्य अभिबृद्धि कर दाखिला लगाएतका कामहरु श्रावण १५ गतेबाट सुरुवात गरेका छौ ।’ जिल्लामा करदाता सेबाकार्यालयले काम सुरु भए पछि व्यबसायीहरुलाई सहज भएको उद्यागे बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण श्रेष्ठले बताए । ‘हामिले जिल्लामा करदाता सेबा कार्यालय स्थापना गर्नको लागी धेरौ निर्णय गरि पटक पटक माग गरेका थियौ । हाम्रो माग गत बर्ष सम्बोधन भयो । यस बर्षबाट काम सुरु भयो । यसले व्यबसायीहरुलाई कृष्ण नगर जानुपर्ने झन्जट बाट मुक्त भएको छ । ’