बुटवल- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक बिहिबार बिहानैबाट पहिरोको कारण अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा तिनाउँ गा.पा – ३ तल्लो सिद्धबाबा मन्दिर र जिल्ला पाल्पा तिनाउँ गा.पा. –५ जोरधारा नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको हो । प्रहरीले पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको जनाएको छ ।