भाद्र २४- लुम्बिनी विकास कोषका कार्यकारी सदस्य अमेरिका कोहारको निधन भएको छ । कोहारको ५६ बर्षिय उमेरमा उहाँकै निवासमा निधन भएको हो । कोहार लामो समय देखि मुटु लगायतका रोगबाट पीडित थिए । उहाँको आजै धर्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले जानकारी दिनु भयो ।
काेहारको असामयिक निधनले लुम्बिनी विकास कोषलाई ठुलो क्षति भएको ज्ञवालीले बताउनु भयो ।
उहाँको आत्माशान्तिका लागि शोक प्रस्ताव पारित गर्दै भोलि लुम्बिनी विकास कोषको कार्यालय बन्द रहने बताइएको छ ।