तुलसीपुर उपमहानगरपालिका वडा नं ११ नवलपुर निवासी ४५ बर्षीय कुमार बिकको बाँया खुट्टा छिन्ने गरि आक्रमण गर्ने समूहका २ जना युवक पक्राउ परेका छन् । घटनाको २ दिन भित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका २ जना युवक रउनीहरुले आक्रमण गर्दा प्रयोग गरेको हतियार समेत सार्वजनिक गरिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ उत्तर कुररीयाका २२ बर्षिय पवन चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का २४ बर्षिय अमृत चौधरी नै मुख्य अभियुक्त भएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
कार्तिक १० गते तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० गोलौरीस्थित पुकार पसलबाट पड्डा तर्फ जाने सडक बाटोमा तुलसीपुर ११ नवलपुरका ४५ बर्षिय कुमार बिक टरीगाँउ स्थीत भान्जाको बिबाह भोजबाट फर्कने क्रममा राती साँढे ९ बजेरि पवन र अमृत चौधरीले खुर्पाले प्रहार गरि गम्भीर घाईते बनाएका थिए ।
घाईते बिकको लखनउमा उपचार भईरहेको छ । बाँया पैतला छिनालीए र दुबै हातका औलामा गहिरो चोट लागेको अबस्थामा लखनउ पु¥याएको थियो । उहाँको अबस्था खतरा मुक्त रहेको र हिजो सल्यक्रिया भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरि अनुसन्धान शुरु गरिएको छ । कार्तिक १० गते सोही साँझ तुलसीपुर उपमहानगरपालिका बडा नम्वर १० गोलौरी स्थीत आशिष चौधरीको घर आँगनमा दशैको रमाईलो गर्न भनि भेला भएका स्थानीय दुर्गा प्रसाद चौधरीसँग एक आपसमा झगडा गरि घाईते बनाउने मध्येका ७ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
ती युवाहरुको आक्रमणबाट घाईते भएका दुर्गाप्रसादको नेपालगञ्जमा उपचार भईरहेको डीएसपी सिंहले जानकारी दिनुभयो । प्रहरीले उक्त घटनामा संलग्न भएका तुलसीपुर १० का ४२ बर्षिय सुशील चौधरी, २२ बर्षिय बिजय चौधरी, २३ बर्षिय अशोक चौधरी, १८ बर्षिय तिलक चौधरी,२१ बर्षिय सनिल चौधरी, २८ बर्षिय पवन चौधरी र १९ बर्षिय आशिष चौधरीलाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरि अनुसन्धान थालेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।
दुर्गाप्रसादले छोरा मलाई कुटे भन्ने फोन गरे पछि छोरा सहितका केही त्यसतर्फ हिडेको प्रहरीको भनाइ छ । अरु घर तर्फ फर्किएको थिए भने ने पवन र अमृत खुर्पा लिई खोज्दै हिड्ने क्रममा बाटोमा पैदल हिड्दै गरेका कुमारलाई भेटेको प्रहरीको भनाइ छ ।
सामान्य सोधपुछकै क्रममा साथमा भएको खुर्पाले सांघातिक आक्रमण गरेर गम्भीर घाईते बनाएको बयानमा उनीहरुले बताएका प्रहरीले जनाएको छ ।