बुटवलदेखि काठमाण्डौ हिडेको जीप दुर्घटना ,५ जना घाइते

बुटवलबाट काठमाण्डौ आउँदै गरेको जीप धादिङको पृथ्वी राजमार्गको सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो ।
घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation