घोराहीमा जुवा खेल्ने ५ जना पक्राउ

आइतबार घोराहीमा जुवा खेल्ने पाँच जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित एक निर्माणाधीन घरमा जुवा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले आइतबार बिहान ३ लाख २३ हजार ६० रुपयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।
पक्राउ पर्नेहरुमा घोराही–१० का २६ वर्षीय अनिलकुमार थापा, २५ वर्षीय केशव डाँगी, २६ वर्षीय कमल रावत, घोराही १५ का २७ वर्षीय वसन्त भण्डारी र घोराही–१८ का ३६ वर्षीय धर्म ज्ञवाली छन् । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation