नेपालगञ्जकी एक वडासदस्यको संक्रमणबाट मृत्यु

नेपालगञ्जकी एक जना वडा सदस्यको कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ की ६७ बर्षीया वडा सदस्य शान्ति परियारको कोरोना संक्रमणका कारण सोमबार विहान साढे १० बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।
घरबारी टोल निवासी परियारलाई कार्तिक ३ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनी कार्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन् ।यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । बाहिरी जिल्लाका २१ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation