मदिरा सेवनपछि पैसा तिर्ने विषयमा विवाद हुँदा रोल्पामा होटल संचालकको ह’त्या

मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको ह’त्या गरेको अभियोगमा रोल्पामा चार जना किशोर प’क्राउ परेका छन् ।
रुन्टीगढी-२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको ह’त्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै ती किशोरहरुलाई नियन्त्रणमा लिएको हो ।
प’क्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि कुटपिट गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।वृद्धलाई गम्भीर घाइते बनाएर फरार भएका उनीहरुलाई घरगोठमा फेला पारिएको प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले बताए । थप अनुसन्धानका लागि कात्तिक १६ गते अदालतबाट म्याद थप गरिएको उनले बताए ।प’क्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा अशान्तिपूर्ण गतिविधिमा संलग्न हुदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धी कसुर अनुसार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।डीएसपी सुवेदीका अनुसार मुलुकी अपराध संहिता २०७४ अनुसार बालकलाई उमेरगत भिन्नताका आधारमा सजाय गर्न सकिने प्रावधान उल्लेख गरिएको छ ।ह;त्या अभियोग प्रमाणित भएको खण्डमा १० देखि १४ वर्षकालाई ६ महिनादेखि १ वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ । यस्तै, १४ देखि १६ वर्षकालाई बालिग सजायको आधा सजाय हुने र १६ देखि १८ वर्षसम्मकालाई दुई तिहाइ सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation