सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा

प्रकाशित मिति : २७ पुष २०७७ सोमबार

काठमाडौं ।

सिद्धार्थ बैंकले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ । यो सुविधापश्चात् ग्राहकले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न सक्ने बैंकले जनाएको छ । यसले ग्राहकको समयको बचत हुने र बैंकिङ सेवा अझ बढी सुविधाजनक हुने बैंकले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप ९सिद्धार्थ बैंक स्मार्ट० बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक १० लाख रुपैयाँसम्मको रकम निकाल्न सक्ने जनाइएको छ ।

बैंकले, कार्ड सेवा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधाजस्ता विभिन्न डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation