उज्यालो पोष्ट, बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सैनामैनाको नगर भेलाले राजेन्द्र घिमिरेको नेतृत्वमा १३ सदस्य समतिको गठन गरेको छ ।
‘राष्ट्रिय उद्योगी, व्यापारी तथा व्यवसायीहरु एक हौं’ ‘‘स्वाधिन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नारा बोकेको संगठनले आज ग्लोबल पार्टी प्यालेसको सभाहलमा घिमिरेको नेतृत्वमा समिति गठन गरेको हो । अध्यक्षमा राजेन्द्र घिमिरे, उद्योग उपाध्यक्ष राम बहादुर सुनार, बाणिज्य उपाध्यक्ष खिमानन्द आचार्य, महा सचिव गोविन्द खरेल, कोषाध्यक्ष लक्ष्मी कुवर, सचिव नारायण पाण्डे, सह–कोषाध्यक्ष जित बहादुर भण्डारी र सदस्यहरुमा रुपेश गौतम, भिम कोइराला, लिलाराम तिवारी, माधव पौडेल, सरिता भुसाल रहेका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्विनी प्रदेशका अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य मनिष कुमार जोशीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला कमिटि सचिव नारायण जि.सी.( निर्मल) को विशिष्ठ अतिथी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्विनी प्रदेशका महासचिव खिमनाराण पराजुली, नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ५ का सचिव भोला बस्याल, माओवादी केन्द्र नेता अमर रोका क्षेत्री, नगर संयोजक मान बहादुर महत, जिल्ला सदस्य दिपक भण्डारी राम बहादुर कुवर, दिपिका शर्मा, जिल्ला सल्लाहकार विश्वनाथ गौण, सैनामैना मिडिया ग्रुपका उपाध्यक्ष राम प्रसाद भुसाल, नेकपा एकीकृृत समाजवादीका जिल्ला सदस्य तथा सैनामैना व्यापार संघका महा–सचिव देवराज पौडेल, क्रान्तिकारी माओवादी इन्चार्ज एकदेव पौडेल, सैनामैना उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दीपक अधिकारी, जनता समाजवादी पार्टी प्रतिनिधि राम बहादुर सुनार, राष्ट्रिय जनमोर्चा प्रतिनिधि हरि योगीको आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता राजेन्द्र घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मनिष कुमार जोशीले २०६४ सालमा स्थापना भएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन हाल सम्म देशका ७३ जिल्लामा स्थापना भइ सकेको वताउनु भयो । ७७ वटै जिल्लामा संगठन विस्तार गर्दै देश भरका सम्पुर्ण साना, ठुला उद्योगी व्यापारीहरुलाइ गोलवन्द गराउने लक्ष्य लिएको बोल्दै अन्य संघठनहरु उद्योग बाणिज्य संघ तथा व्यापार संघले जस्तो राजनिती करण यो संगठनमा नहुने जानकारी गराउनु भयो । लाखौ, करडौंका उद्योगी व्यापारीहरुलाई मात्रै हेर्ने र साना व्यापारीहरु सथै पछि पर्ने भएको हुदा यो संगठनले सवैलाइ समान गरेर लैजाने र सधै साना उद्योगी व्यापारीको विषयमा संगठन लाग्ने बताउनु भयो । साथै नव निर्वाचित
पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिदै आफ्नै विधान तयार पार्न समेत अनुरोध गर्नुभयो । यस्तै विशिष्ट अतिथि नारायण जि.सी.( निर्मल)ले दुइ बर्ष यता कोरोनाका काराण उद्योगी व्यापारीहरु मारमा परेका त्यसमा पनि कृषि व्यापारीहरु धेरै मारमा परेको हुदा यो संगठनले कृषि गर्ने व्यापारीहरुलाइ विशेष जोड दिने बाताउनुभयो । यता नेकपा एकीकृृत समाजवादीका जिल्ला सदस्य देवराज पौडेलले संगठनमा बढी राजनिती भएको हुदा यो संगठनको नेतृत्वमा माओवादी केन्द्रको रहेता पनि अन्य राजनैतिक दलका साथीहरु पनि भएको र नेकपा एकीकृृत समाजवादीका तर्फबाट पनि यो संगठनमा रहने र उद्योगी व्यापारीको हक हितमा काम गर्ने तथा संगठनमा राजनैतिक गन्ध आउन नदिने बताए ।
सैनामैना नगरका करिव १०० भन्दा बढी उद्योगी व्यापारीहरुको उपस्थीती रहेको कार्यक्रम शान्ती बरालको स्वागत मन्तव्य तथा नारायण पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।