तुलसीपुरका एक व्यक्ति लमहीमा ५ गोली लागेको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१३ बराहखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते अवस्थामा लमही नगरपालिका(९ च्याउ खोलामा फेला परेका छन् ।बुधबार राति गोली लागि घाइते भएको अवस्थामा पौडेल फेला परेको प्रहरीले जनाएको छ । पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तिघ्रामा २ वटा गोली लागेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।घाइतेको भारतको लखनउमा उपचार भैरहेको छ। घटनास्थलमा एक भरुवा बन्दुक फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको सिंहले बताए ।