प्रतिक्रियावादी राज्यसत्ता को अन्त्य र जनताको जनवादी सत्ता निर्माण गर्ने महान उदेश्य सहित २०५२ साल फाल्गुन १ गते देखी सुरु भएको जनयुद्द आज २५ अौ वसन्तमा पाइला टेकेको छ. गौरवपुर्ण जनयुद्दकालिन एक दशक र शान्ति प्रक्रियाको नाममा अल्झिएको यो डेढ दशक अनेकन उतार- चढाव र तरंगहरुको विचवाट गुज्रिरहेको छ.समय गतिशिल छ त्यसैले यो लामो अवधिमा घतनाक्रम हरुको फेरवदल र विकाश तिव्र रुपमा भैरहेको छ. ति विविध घतनाक्रमहरुको चर्चा र समिक्षा पछी हुने नै छ. त्यसैले अहिले भने जनयुद्द दिवसकै स्मरण र चर्चा गर्नु उपयुक्त हुनेछ.
किनकी आज त्यस्तो विशेष दिन हो जुन दिन मुठ्ठिभर शोषक.शामन्त.दलालहरु को नियन्त्रण मा रहेको प्रतिक्रियावादी राज्यसत्ताले गरिरहेको शोषण.दमन.उत्पिडन विरुद्द सर्वहारा.श्रमजिविवर्ग गरिव. किसान.मजदुर.सामाजिक विभेदले थिचिएका दलित.पहिचान स्वायत्तता र अधिकार खोसिएका आदीवासी/जनजाती.मधेशी.लैंगिक उत्पिडनमा परेका आम महिला. लगायत सवै क्षेत्र का मुक्तिकामी जनसमुदाय ले एकिकृत र संगठित रुपमा तत्कालिन नेकपा माओवादी को नेतृत्त्वमा जनयुद्दको माध्यमवाट साहसिक रुपमा विद्रोहको विगुल फुक्दै रक्तिम ईतिहास निर्माणको यात्रा उद्घघोष भएको दिन. त्यसैले आजको दिन आफैमा महान छ र रहिरहने छ
रुसमा सोभियत संघको विघटन संगै विश्ववाट समाजवादी सत्ताको अन्त्य हुदैं जानु.चिनिया कम्युनिष्ट पार्टी पुजिंवादमा पतन हुनु.पेरुमा क.गोञ्जालोको गिरफ्तारी संगै त्यहांको जनयुद्दले ठुलो धक्का खानु. विश्वमा साम्राज्यवाद तथा पुजिंवादीहरुको दवदवा कायम रहनु आदी कारणले विश्व परिस्थिति त प्रतिकुल थियो नै देशको परिवेष पनि त्यति सहज थिएन.कम्युनिष्ट विचार वोकेका पार्टीहरु विभिन्न गुट र समुहमा विभाजित थिए.कम्युनिष्ट पार्टी र आन्दोलन रक्षात्मक अवस्थावाट गुज्रदै थियो त्यहि सेरोफेरो मा भर्खर नेपाली कांग्रेस र संयुक्त वाम मोर्चा को नेतृत्त्वमा २०४६ सालको
जनआन्दोलन सम्पन्न भएको थियो. लगत्तै नेपालको संविधान २०४७ को घोषणा संगै कार्यन्वयनको प्रक्रियामा तत्कालिन संसदवादी दलहरु क्रियाशिल थिए.यस्तो प्रतिकुलता को विचमा जनयुद्द को सुरुवात गर्नु चुनौतिपुर्ण कदम थियो
यस्तो चुनौतिपुर्ण अवस्था.राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिकुल परिस्थिति को विचवाट सुरु भएको जनयुद्दले भने क्रमिक रुपमा उपलव्धी हासिल गर्दै पार्टी र नेतृत्त्वले लिएको साहसपुर्ण र एेतिहासिक निर्णयलाई सहि सावित गर्दै गैरहेको थियो. जव राजनीतिक र सैन्य दुवै क्षेत्रमा एकपछी अर्को सफलतालाई चुम्दै निरन्तर अगाडी वढिरह्यो.तव जनयुद्दको कार्यदिशा.उदेश्य. मुल्य मान्यता.आदर्श र सपनाले हजारौ जनता लाई आकर्षित.संगठित र परिचालित गर्दै गयो. गाँउ-गाँऊ वाट पुरानो सत्ताका स्थानिय संरचना हरु विस्थापित र ध्वस्त हुदै गयो.भने जनताका जनवादी सत्ताका संरचनाहरु गठन.सुदृढ.विकाश र विस्तार हुदै गयो.जनयुद्दको तिव्र विकाश संगै भौगोलिक तथा राजनितिक रुपमा ८० प्रतिशत भन्दा वढी क्षेत्र माओवादी को नियन्त्रणमा आईसकेको थियो.त्यस्तै सैन्य क्षेत्रमा पुरानो सत्ताको प्रहरी वल पुर्ण रुपमा पराजित भैसकेको थियो भने २०५८ पछी माओवादी विरुद्द परिचालन गरिएको तत्कालिन शाहि नेपाली सेना पनि दर्जनौ मोर्चाहरुमा जनमुक्ति सेना संग पराजित भैसकेपछी सिमित भुगोल र व्यारेक भित्र कैद हुन वाध्य भएको थियो.राजनितिक रुपले पार्टी पुरानो सत्ता माथी हावी त थियो नै फौजी रुपले पनि शक्ति शन्तुलनको चरणमा पुगेको थियो. वाहिरी मोर्चामा दुश्मन पराजित हुने.व्यारेक भित्रको मोर्चामा जनमुक्ति सेनाले अपेक्षाकृत सफलता हासिल गर्न नसक्ने स्थिति वनेको थियो. पछिल्लो पटक दुश्मनले प्रयोगमा ल्याएको जासुसी विमानद्दारा गस्ती र जासुसी. साथमा नाईट भिजन हेलिकप्टरको आक्रमणले जनमुक्ति सेनाको लागी केहिं चुनौति खडा गरेको थियो
त्यतिवेला पार्टी र नेतृत्त्वले त्यस्लाई क्रस गर्ने प्रविधि र सैन्य रणनितिको विकाश गर्नु आवश्यक थियो तर विडम्वना भनौ या नेतृत्त्वको विचलन त्यस्तो अपेक्षा पुरा हुन सकेन.वरु २०६० मा वावुराम संग प्रचण्डको अन्तर्विरोध चर्किएपछी ८ वर्षदेखी को भारतको सेल्टर असुरक्षित हुन थाल्यो.त्यसपछी केन्द्रिय आधार ईलाकामा पार्टी नेतृत्त्व ले सेल्टर सारे लगत्तै आस पासमा दुश्मनको अप्रेशन. दैनिकजसो वम.गोलावारी वर्सन थाल्यो. त्यतिमात्र हैन पार्टी अध्यक्ष तथा जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर प्रचण्डले पहिलो पटक नजिक वाट प्रत्यक्ष कमाण्ड गरेको २०६१ को दोश्रो पटक को खारा मोर्चा असफल हुन पुग्यो.यि विविध कारणले अत्तालिएका प्रचण्ड कुनै न कुनै रुपमा जनयुद्दको कार्यनिति वदल्दै सुरक्षित अवतरण को खोजिमा थिए.त्यहि सेरोफेरोमा वावुराम मार्फत दिल्ली को मध्यस्थतामा २०६२ मा तत्कालिन संसदवादी ७ राजनितिक दल संग १२ वुदें सम्झौता भयो.त्यस्को आधारमा २०६२/२०६३ को जनआन्दोलन र त्यसपछी गठित गिरिजा प्रसाद कोईराला नेतृत्त्वको सरकार संग २०६३ मंसिर ५ गते कथित विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै जनयुद्द र जनयुद्दका सारा उपलव्धी लाई विसर्जन गर्ने श्रृंखला को सुरुवात गरियो र त्यसैको परिणाम स्वरुप आज जनयुद्दका उदेश्य र सपना अलपत्र हुने अवस्थामा पुग्यो
त्यसैले त आज को जनयुद्द दिवसमा ति जनयुद्व कालिन समय को जस्तै उत्साह. उमंग र रौनकता छैन. किनकि जनयुद्द दिवसको पुर्व सन्ध्यामा जनमुक्ति सेनाले दुश्मनको दर्जनौ शिविर माथी धावा वोलेको छैन.तिनका खुनि अखडाहरु ध्वस्त वनाएको छैन.सयौं दुश्मन हरुलाई सफाया गरेको छैन. हजारौं थान अत्याधुनिक हतियार र वन्दोवस्तीका सामग्री कव्जा गरेको छैन.कैयौं भाडा का सिपाही हरुलाई वन्दी वनाएको छैन.गांऊ वस्ती हरुमा लाल झण्डा फहराउदै लालकिल्ला घोषणा गरिएको छैन.सिआईडी.सुराकी हरुलाई सफाया गरिएको छैन.हातखुट्टा भाचिंएको छैन.शामन्त.दलाल हरुको घरजग्गा.सम्पत्ति कव्जा गरिएको छैन.उनिहरुलाई आधार ईलाकावाट खेदिएको छैन.तस्कर.गुण्डा.चोर.हत्यारा
.वलात्कारी हरुलाई वन्दी वनाएर श्रम शिविरमा राखिएको छैन.समग्रमा यतिवेला जनयुद्द चलिरहेको छैन.जनयुद्दकालिन सिंगो माओवादी पार्टी र नेतृत्त्वको टिम एकै ठाँउमा छैन.हजारौ जनताको कठोर संघर्ष र वलिदानवाट प्राप्त जनसत्ता र जनअदालत कायम छैन. जनताको छोरा छोरी को विरता र वलिदान वाट निर्माण गरेको जनमुक्ति सेना र रगत संग सातिएका हतियार जनता र पार्टी संग छैन.त्यसैले आजको जनयुद्द दिवसमा जनयुद्द कालको जस्तै उत्साह र रौनकता छैन र यो नहुनु स्वभाविक हो
यसरी १० वर्षको अवधिमा पुरानो राज्यसत्ता लाई हायल कायल पार्दै शक्ति शन्तुलनको चरणमा पुगेको जनयुद्द नेतृत्त्व पंक्ति मा रहेका प्रचण्ड वावुरामको वैचारिक.राजनितिक विचलन,गद्दारी र उनिहरुमा हुर्कदै गरेको आत्मसुरक्षावाद.
निम्न पुजिंवादी अधैर्यता र गैह्र क्रान्तिकारी चिन्तनले अलपत्र अवस्थामा पुगेको छ । जनयुद्ध को क्रममा मुख्य नेतृत्वमा रहेका प्रचण्ड ,वावुराम,वादल हरु आज केवल आफ्नो राजनितिक जिवन रक्षाका लागि विगतदेखि संसदिय अभ्यासमा रहेका विभिन्न गैह्र माओवादी समुहहरुको शरणमा दास बन्न पुग्नु कम विडम्बनापूर्ण छैन । यस्तो सन्दर्भमा त्यो प्रवृत्ति वाट वचेका क्रान्तिकारी शक्ति ले जनयुद्दका उदेश्य. शहिद.वेपत्ता. घाईते.अपांग तथा आम जनताको सपना लाई पुरा गर्न एकपटक आफैप्रति निर्मम वन्दै अर्को संकल्प गर्नै पर्छ
हुन त आज यो अवसरमा जनयुद्दको उदेश्य र शहिदको सपना पुरा गर्छौ भन्ने प्रतिवद्दता जनाउने धेरै समुह हरुको प्रतिस्पर्धा छ.जनयुद्दको उदेश्य र शहिदको सपना लाई लिलाम गरेर पुरानै संसदिय व्यवस्थाको रसातालमा डुवुल्की मार्दै अाज जनयुद्ध का कट्टर विरोधी केपी अोली ( पुर्व एमाले)को शरण मा पुगेका प्रचण्ड /वादल हरु देखी अन्य विभिन्न नाम र रुपमा विभाजित समुह हरुले जनयुद्दको उदेश्य पुरा गर्ने संकल्प गरिरहेको छन नै.यो सन्दर्भमा सवैका आ-आफ्नै दावी र तर्कहरु होलान यद्यपि समग्रमा सैद्दान्तिक दृढता.राजनितिक कार्यदिशा एवं कार्यनितिक स्पष्टता सहित क्रियाशिल रुपमा जनयुद्दको उदेश्य पुरा गर्ने व्यवहारिक कार्यन्वयनको दिशामा विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टी नै अहिले अग्र पंक्तिमा छ. त्यसैले हिजो जनयुद्दमा सहभागी र आज विभिन्न विभाजित समुहमा रहेका माओवादी पंक्ति साच्चिकै जनयुद्दको उदेश्य र शहिदको सपना लाई पुरा गर्न चाहने हो भने आफुभित्र गुम्सिएको डर,त्रास, कुण्ठा.स्वार्थ र पुर्वाग्रह लाई थाती राखेर नयाँ क्रान्तिको दिशामा लामवद्ध हुन समयले तिव्र माग गरिरहेको छ । ईतिहासको अन्तिम पाटो हुदैंन त्यसैले नयाँ क्रान्ति. मार्फत जनयुद्दको उदेश्य र शहिदका सपना लाई पुरा गर्दै अर्को रक्तिम ईतिहास निर्माण गर्ने महा अभियानमा सहभागी वन्न ढिला नगरौं….
२५अौं जनयुद्द दिवसको सवैमा हार्दिक शुभ:कामना